Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

अपांगता भएकी किशोरी माथि बलात्कार, एक जना प्रकाउ


1.7K
Shares

अपांगता भएकी किशोरी माथि बलात्कार, एक जना प्रकाउ

काठमाडौं, ११ असोज । मोरङको लेटाङ नगरपालिका– ९ मा शारीरिक रूपमा अपांगता भएकी किशोरीमाथि बलात्कार भएको छ । लेटाङ नगरपालिका–९ की १९ वर्षीया युवतीमाथि बलात्कार भएको हो ।

बलात्कार आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । राईले आफ्नो खेतमा बनाएको टहरोमा शनिबार राति किशोरीलाई लगेर बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरेको प्रहरीले बताएको छ ।

पीडित किशोरीका दुवै खुट्टा चल्दैनन् । हिँडडुल गर्न नसक्ने किशोरीलाई बोकेर टहरोमा लगेर करणी गरेको देखिएको प्रहरीले बताएको छ । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology