Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बसको ठक्करबाट बालकको मृत्यु भएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुल्यो


1.9K
Shares

बसको ठक्करबाट बालकको मृत्यु भएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुल्यो

काठमाडौं, ६ असोज। बसको ठक्करबाट बालकको मृत्यु भएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुलेको छ।

काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षका बालक विजय परियारको घटनास्थलमै मृत्यु भएपछि गजुरीको आदर्श माविका विद्यार्थी र स्थानीय वासिन्दाले सडक अवरोध गरेका थिए ।

उनीहरुले बसमा पनि आगजनी गरेका थिए । आफन्त र स्थानीय वासिन्दाको सहमतिमा शव उठाइएको र राजमार्गको अवरोध हटाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनएको छ । दिउँसो साढे २ बजे राजमार्ग खुलेपछि ५ घण्टादेखि रोकिएका गाडीहरु गन्तव्यतर्फ जान थालेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology