काठमाडौं, ६ असोज। पर्यटक बसले ठक्कर दिंदा भक्तपुरमा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका—१ दूधपाटीकी ७२ वर्षीय दिलमाया श्रेष्ठको बसको ठक्करबाट मृत्यु भएको हो ।
श्रेष्ठलाई सूर्यविनायक नगरपालिका—८ सूर्यविनायक चोक स्थितमा सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा१प १५५१ नं. को बसले बुधबार राति साढे ८ बजेतिर ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते हुनु भएकी श्रेष्ठको डा. ईवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।