Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखकाली मेलामा चुमनुब्रीको स्याउ बिक्रीका लागी हेलिकप्टरबाट ढुवानी


2.3K
Shares

गोरखकाली मेलामा चुमनुब्रीको स्याउ बिक्रीका लागी हेलिकप्टरबाट ढुवानी

गोरखा, ६ असोज । गोरखामा जारी गोरखकाली मेलामा हेलिकप्टरबाट ढुवानी गरेर चुमनुब्रीको स्याउ ल्याइएको छ । गोरखामै पहिलो पटक उत्पादन भएको स्याउ बिक्रीका लागी मेलामा ल्याएको कृषक लाक्पा डुण्डुप लामाले जानकारी दिनुभयो ।

No description available.

स्याउ प्रति किलो ५०० को दरले बिक्री गरिने लामाले बताउनुभयो । ‘होलसेलमा २५० रुपैयाँ र खुद्रामा ३०० सम्ममा बिक्री गथ्र्यौ,’ उहाँले भन्नुभयो ‘हेलि भाँडा महङगो परेकोले प्रतिकिलो ५०० रुपैयाँमा बिक्री गर्न लागेका हौँ ।’ जिल्लाको २७ सय मिटर उचाईमा उत्पादन भएको ५ प्रकार मध्ये दुई प्रकारको स्याउ बिक्रीका लागी राखिएको छ । कृषक लामाका अुसार गोल्डेन, गाला, किङ रेड डेलिसियस, रेड डेलिसियस र फुजी गरी पाँच प्रकारको स्याउ उत्पादन हुन्छ ।

No description available.

सदरमुकाममा पत्रकारहरुसँग कुरा गर्दै ३ बर्षअघि १ शय ५० रोपनी क्षेत्रफलमा ब्यबसायिक रुपमा स्याउ खेती सुरु गर्नुभएका लामाले हाल विस्तार गरि ३ शय रोपनीमा ८ हजार बेर्ना लगाई स्याऊ खेती गर्नुभएको छ । गतबर्ष हेलिकोप्टर मार्फत २ हजार किलो स्याउ काठमाण्डौ पुर्याएर बिक्री गर्नुभएका लामाले यो बर्षको उत्पादन गोरखाबाटनै बिक्री शुरु गर्नुभएको हो । गतवर्ष ८ हजार किलो स्याउ उत्पादन गरेकोमा यो वर्ष भने करिब २२ हजार किलो उत्पादन हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।

लामाले सुरुवती चरणमा निजी ३० प्रतिशत र गण्डकी प्रदेश सरकारको ७० प्रतिशत लगानीमा इटालीबाट बेर्ना ल्याएर उत्पादन सुरु गर्नु भएको थियो । जिल्लमा नै स्याउ उत्पादन सुरु भएपछि मनाङ, मुस्ताङबाट ढुवानी गर्नु पर्ने बाध्यता हट्ने उहाँको अपेक्ष छ । स्याउलाई अर्गानिक बनाउन विज्ञ टोली नै लगेर अध्यायन गरिएको उहाँले बताउनु भयो । ‘विदेशबाट ल्याएको स्याउमा विषादी हुन्छ’ उहाँले भन्नुभयो ‘अर्गानिक रुपमा स्याउ उत्पादन गर्नका लागी मैले विज्ञ टोली नै लगेर अध्यायन गरेको छु ।’ चुमनुब्री स्याउ ब्राण्ड नाममा प्याकिङ गरि बिक्रीका लागी राखिएको स्याउ पूर्ण आर्गानिक रहेको लामाले दाबी गर्नुभयो ।

No description available.

त्यहाँ उत्पादन हुने स्याउ प्रमाणिकरणको चरणमा रहेको लामाले जानकारी दिनुभयो । स्थानीयबासीले खाँदा समेत स्याउको स्वाद बाहिरको भन्दा फरक भन्ने गरेको उहाँको अनुभव छ । स्थानीय स्तरमा नै स्याउको माग बढी रहेकाले बजारको अभाव नरहेको कृषक लामाको भनाई छ । यो वर्ष देखि चुमनुब्रीका थप ४ जना कृषकले स्याउ खेति सुरु गरेको छन् । उनीहरुले करिब ५ हजार स्याउका बेर्ना रोपेका छन् । कुनै किसान वा युवाले इच्छा गरेमा निशुल्क स्याउ खेति सिकाई दिने उहाँले प्रतिबद्धता गर्नुभयो । स्याउ खेतिबाट १२ जना स्थानीय स्वरोजर बनेको छन् ।

उहाँका अनुसार उनीहरुले १५ हजारदेखि ३५ हजार सम्म तलब सुविधा लिने गर्छन् । स्याउको बोटको राम्रो सँग हेरचाह गर्ने हो भने ३५ वर्ष सम्म बाँच्ने लामाले दाबी गर्नुभयो । खेरा जाने स्याउबाट पनि एप्पल साइडर, जाम, जुस,जेली, वाइनलगायत १० थरीका परिकारहरु उत्पादन गर्न सकिने उहाँले बताउनुभयो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology