गोरखा, ६ असोज । काठमाडौंबाट गोरखा तर्फ आउदैं गरेको बसले ठक्कर दिदा विद्यालय जाँदै गरेका एक विद्यार्थीको घटना स्थलमै मृत्यु भएको छ ।
धादिङको गजुरी गाउँपालिका– १ को गजुरी बजारमा बिहीबार (आज) बिहान करिब ९ बजे विद्यालय जाँदै गरेका ६ वर्षीय विजय परियारको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
गोरखा आउदै गरेको ग १ ख ४५६५ नम्बरको बसले जेब्राक्रसमा सडक पार गर्दै गरेका परियारलाई ठक्कर दिएको स्थानीयले बताएका छन् ।
बालकको मृत्यु भएपछि आक्रोशित स्थानीय र विधार्थीले बसमा आगजानी गरेका छन्। अहिले उनीहरुले राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्।