गोरखा, ३ असोज । संबिधान दिवसको अबसर पारेर लियो क्लब अफ गोरखाको आयोजनामा सोमबार खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ । लियो प्रतिक्षालय लक्ष्मीबजारदेखि पुरानो बसपार्क गोरखासम्मको ४ किलोमीटर लामो दौड प्रतियोगितामा नवराज गुरुङले १८ मिनेट ५१ सेकेण्डमा ४ किलोमिटर दुरी पार गर्दै प्रथम स्थान हासिल गर्नुभएको क्लब अध्यक्ष बालकृष्ण परियारले जानकारी दिनुभयो ।
त्यस्तै निरज भट्टले १९ मिनेट १३ सेकेण्डमा उक्त दुरि पार गर्दै दोस्रो स्थान, सन्दिप ढकालले १९ मिनेट ३२ सेकेण्डमा सो दुरी पार गर्दै तेस्रो स्थान हासिल गर्नुभएको उहाँले बताउनुभयो । प्रतियोगितामा सान्त्वना हुने श्याम मग्रागीले १९ मिनेट ५३ सेकेण्डमा उक्त दुरि पार गर्न सफल हुनुभएको अध्यक्ष परियारले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुनेलाई क्रमश ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । लियो क्लब अफ गोरखाको कोपीला गुरुङको संयोजकत्व तथा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना मगरको प्रमुख अतिथ्यता प्रतियोगिता सम्पन्न भएको हो हो ।