Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

नेपाली रुपैयाँ बलियो बन्दै


3.6K
Shares

नेपाली रुपैयाँ बलियो बन्दै

काठमाडौं, ३१ भदौ । गत आर्थिक वर्षको अन्तिम महिनासँग तुलना गर्दा चालु आर्थिक वर्षको पहिलो महिना डलरसँग नेपाली रुपैयाँ केही बलियो हुन पुगेको देखिएको छ । २०७९ असार मसान्तको तुलनामा २०७९ साउन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको हो ।

यस्तो स्थिति अघिल्लो वर्षको सोही अवधिमा डलरसँग नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको थियो । २०७९ साउन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १२७ रुपैयाँ १६ पैसा पुगेको छ । २०७९ असार मसान्तमा यस्तो विनिमय दर १२७ रुपैयाँ ५१ पैसा रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology