Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

प्रधानमन्त्री देउवाद्धारा नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक


1.8K
Shares

प्रधानमन्त्री देउवाद्धारा नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक

काठमाडौं, ३१ भदौ । नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रफी सार्वजनिक गर्नु भएको हो ।

ट्रफी सार्वजनिक गर्दै उहाँले नेपाली खेलकुद धेरै नै अगाडि रहेको बताउनुभयो ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई सातवटै प्रदेशमा घुमाउने तयारी छ ।

आज (शुक्रबार) साँझ सुदूरपश्चिम लगिने ट्रफीलाई शनिबार धनगढी रंगशालामा सार्वजनिक गरिने छ ।

ट्रफीलाई असोज २३ गते प्रतियोगितास्थल गण्डकी प्रदेशको पोखरमा लगिने लक्ष्य छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते पोखरा रंगशालामामा उदघाटन गरिने छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology