काठमाडौं, ३१ भदौ । आमाको हत्या गरेको आरोपमा धनुषामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
हत्या आरोपमा प्रहरीले सबैला नगरपालिका—५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
उनीमाथि ३६ वर्षीया आमा सिकिलिया देवीको हत्या गरेको आरोप छ। मनोजलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो।
घरायसी विवाद हुँदा उनले आफ्नी आमाको टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसन्त रजौरेले घटनाबारे आज पत्रकार सम्मेलन गरी जानकारी गराउने तयारी रहेको बताउनुभयो। के कारणले उनीहरूबीच विवाद भएको भन्ने खुलाएनन्।
घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ।