Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखा बजार क्षेत्रमा असोज १ गतेदेखि शनिबार पनि बजार पसल खुल्ने


2.2K
Shares

गोरखा बजार क्षेत्रमा असोज १ गतेदेखि शनिबार पनि बजार पसल खुल्ने

गोरखा, ३१ भदौ । गोरखामा असोज १ गतेदेखि शनिबार पनि बजार पसल खुल्ने भएको छ । हरेक हप्ताको शनिबार बन्द हुने गरेका सदरमुकाम सहित जिल्ला भित्रका बजार पसल बडादशै तथा दिपावली अबधीभर भने शनिबार पनि खोल्ने निर्णय भएको हो ।

गोरखा उद्योग बाणिज्य संघले सूचना प्रकाशन गरी ग्राहकहरुको सुबिधाका लागि असोज १ गतेदेखि कात्तिक १९ गतेसम्म शनिबार पनि पसल खेल्ने निर्णया गरेको जनाएको छ । संघले सूचनामा सवै व्यवसायीहरुलाई अनिबार्य रुपमा ग्राहकले देख्ने गरी मूल्य सूची राख्न तथा सडे गलेका, म्याद गुज्रेका सामानहरु बिक्रि बितरण नगर्न पनि अनुरोध गरेको छ ।

त्यस्तै व्यवसायीहरुले चाडपर्वको अबसरमा आफुले बिशेष छुट प्रदान गरेर बिक्रि बितरण गर्नसक्ने भए आआफ्नो फर्म, पसल अगाडी तुल व्यानर राखेको छुटको बिशेष जानकारी समेत गर्न सक्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology