Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

चरेश तस्करीको आरोपमा ३ जना महिला पक्राउ


1.4K
Shares

चरेश तस्करीको आरोपमा ३ जना महिला पक्राउ

वीरगञ्ज, ३० भदौ । चरेश ओसार प्रसारमा संलग्न रहेको आरोपमा पर्साबाट तीन जना महिलालाई पक्राउ गरेको छ । तीनजना मध्ये एक महिलाको साथमा दुधे बच्चा पनि छ ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–८ बस्ने ४२ वर्षीय कल्पना मोक्तान, ३६ वर्षीय कवितामाया बल र २३ वर्षीय रीता विश्वकर्मा छन् । रीताको साथमा दुधे बच्चा पनि रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कल्पना र कवितामायाको साथबाट १३ किलो ८ सय ग्राम चरेश फेला परेको र रीता पनि सोही समूहको भएकोले पक्राउ गरिएको प्रहरीको दावी छ ।

बुधबार साँझ साढे ७ बजे पर्सागढी नगरपालिका–२ बागवानाबाट उनीहरुलाई प्रहरीले पक्रेको थियो । अस्थायी प्रहरी पोष्ट मनवाको टोलीले जीतपुरबाट मनवातर्फ जाँदै गरेको ना. २ ह ३१८६ नम्बरको अटो रोकेर चेकजाँच गरेको थियो ।

अटोमा सवार उनीहरुले बोकेको झोला खानतलासी गर्दा कल्पनाको साथबाट ८ किलो ६ सय ९० ग्राम कवितामायाको साथबाट ५ किलो १ सय १० ग्राम गरी १३ किलो ८ सय ग्राम लागु औषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

‘लागु औषध तस्करी गर्नेहरुले रणनीति परिवर्तन गरिरहन्छन् । सोही क्रममा दुधे बच्चा सहितको महिलालाई ओसार प्रसारमा प्रयोग गरेको पाइएको छ ।

पक्राउ परेका उनीहरुमाथि लागु औषधविरुद्धको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology