Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

पहिरोले घर पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु


1.3K
Shares

पहिरोले घर पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं, ३० भदौ। पहिरोले पुरिएर काभ्रेपलाञ्चोक (काभ्रे)मा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

बेथानचोक गाउँपालिका—४ चलालमा बुधबार राति साढे १ बजे तिर पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिनुभयो ।

एसपी जोशीका अनुसार ६५ वर्षीया ठूलीमाया तामाङको उपचारका क्रममा मृत्यु भएको हो भने उहाँका छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया सावित्री तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

ठूलीमायाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बेथानचोक गाउँपालिकाका उपाध्यक्ष ताराराना तिमल्सिनाका अनुसार केही दिनदेखि सञ्चालन हुँदै आएको ढुंगाखानी माथिबाट झरेको पहिरोले तामाङको घर पुरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology