Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

अजरबैजानको आक्रमणमा परी अर्मेनियाका ४९ सैनिकको मृत्यु


1.7K
Shares

अजरबैजानको आक्रमणमा परी अर्मेनियाका ४९ सैनिकको मृत्यु

एजेन्सी, २८ भदौ । छिमेकी अजरबैजानको आक्रमणमा परी अर्मेनियाका ४९ जना सैनिकको मृत्यु भएको छ।

अर्मेनियाका प्रधानमन्त्री निकोल पासिनयानले मंगलबार संसदलाई अजरबैजानले सोमबार राती गरेको आक्रमणमा आफ्ना सैनिकहरू मारिएको जानकारी दिएको समाचार संस्था एपीले जनाएको छ।

ब्ल्याक सी र क्यास्पियन सीको बीचमा पर्ने सोभियत युनियनका पूर्वसदस्य राष्ट्रहरू अजरबैजान र अर्मेनिया नागोर्नो-काराबाख क्षेत्रका विषयमा दशकौंदेखि विवादमा छन्।

अजरबैजानमा पर्ने उक्त क्षेत्रको केही भू(भाग अर्मेनिया समर्थित पृथकतावादी समूहको नियन्त्रणमा छ।

दुई वर्षअघि सन् २०२० मा ६ सातासम्म चलेको युद्धमा अजरबैजानले नागोर्नो-काराबाख क्षेत्रको केही भू-भागमा कब्जा जमाएको थियो। त्यो बेला ६ हजार ६ सय मानिस मारिएका थिए।

अर्मेनियाका प्रधानमन्त्री पासिनयानले सोमबार राती आधा दर्जन स्थानमा अजरबैजानी सेनाले आक्रमण गरेको बताएका छन्।

दुबै देशले सोमबारको तनाव चुलिनुमा एक- अर्कालाई दोष लगाएको समाचार संस्था रोयटर्सले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology