काठमाडौं, २८ भदौ । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ घटेको हो। सोमबार छापावाल सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा खरिद–बिक्री भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको हो।