काठमाडौं, २६ भदौ। नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी छाडेको घोषणा गर्नु भएको छ।
उहाँले सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकबाट अलग्गिएको घोषणा गर्नु भएको हो।
गत कात्तिकमा उहाँले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेका थिए ।
तर १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि उहाँ आलोचनामा पर्नु भएको थियो ।
विवादकै बीच एसिया कप छनौट खेल्न नेपाली टिमसँगै कुवेत जानु भएका उहाँ महिनादेखि उतै बस्नु भएका थिए।