Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

आज थप तिन सय जनामा संक्रमाण पुष्टि


2.2K
Shares

आज थप तिन सय जनामा संक्रमाण पुष्टि

काठमाडौँ, २१ भदौ । पछिल्लो २४ घण्टामा आज थप तीन सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार पाँच सय ९० जनाको नमुना परीक्षण गर्दा तीन सय जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा एक सय २४ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ५७ जना रहेको छ ।

यस्तै थप तीन लाख ५९ हजार ६५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology