Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

तीन जनाको हत्यामा संलग्न रहेको आरोपमा एक प्रक्राउ


1.3K
Shares

तीन जनाको हत्यामा संलग्न रहेको आरोपमा एक प्रक्राउ

उदयपुर, २० भदौ । उदयपुरको बेलका नगरपालिका–७ गोवाटारका एउटै परिवारका तीनजनाको हत्या गरेको आरोपमा स्थानीय ४३ वर्षीय नरबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार बिहान गोवाटारस्थित वाबिङ खोलामा स्थानीय ३७ वर्षीय राजकुमार बस्नेत, बस्नेतको ३३ वर्षीया श्रीमती सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेत समेत तीनैजनाको धारिलो हतियारको प्रहारबाट हत्या भएको अवस्थामा मृत लाश फेला परेको थियो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी उपरीक्षकसहितको टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा नरबहादुरले सो घटना घटाई तत्काल घटना स्थलबाट फरार रहेको भन्ने खुल्न आएसँगै तत्काल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खोजतलासमा खटिएको प्रहरी टोलीले बस्नेतलाई बेलका नगरपालिका ६ बरबोटे स्थितबाट भाग्दै गरेको अवस्थामा घटनामा प्रयोग भएको खुकुरीसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका बस्नेतको जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology