नवलपरासी, १८ भदौ । पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–१४ स्थित खजुरा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
सोहि नगरपालिका वडा नम्बर ७ बस्ने सीताराम चौधरीको छोरा अन्दाजी ९ वर्षको निखिल चौधरीको मृत्यु भएको हो । बर्दघाट प्रहरीका अनुसार मृतक चौधरीको शरीरलाई खोलाबाट स्थानीयले झिकी स्थानीय मेडिकलमा उपचारका लागि लैजाँदा स्वास्थ्यकर्मीले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।