Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रादेशिक छनौटमा गोरखा १६ स्वर्णसहित ४२ पदक जितेर तेस्रो स्थानमा


1.7K
Shares

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रादेशिक छनौटमा गोरखा १६ स्वर्णसहित ४२ पदक जितेर तेस्रो स्थानमा

गोरखा, १९ भदौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा भएको प्रादेशिक छनौटमा गोरखाले १६ स्वर्णसहित ४२ पदक जितेर तेस्रो स्थान हात पारेको छ ।

विभिन्न १७ विधाका खेलकुदमा भाग लिएका गोरखाका खेलाडीले १६ स्वर्ण सहित १० रजत र १६ कास्य पदक जितेर तेस्रो स्थानमा रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिं बस्नेतले जानकारी दिनुभयो ।

गोरखाले एथ्लेटिक्समा ६ स्वर्ण, ३ रजत र १ कास्य, तेक्वान्दोमा १ स्वर्ण, २ रजत र ६ कास्य, जुडोमा १ स्वर्ण, १ रजत र १ कास्य, सितेरियो करातेमा ३ स्वर्ण, ३ रजत र २ कास्य तथा स्क्वासमा २ स्वर्ण पदक जितेको उहाँले बताउनुभयो।

यस्तै बक्सिङमा १ स्वर्ण र १ रजत, उसू र रग्बीमा १र१ स्वर्ण, फुल कन्ट्याक कराँतेमा १ रजत र ३ कास्य तथा खोखोमा एक कास्य पदक जितिएको बस्नेतले बताउनुभयो ।

स्वर्ण पदक विजेता सहित विभिन्न समूहगत खेलमा उत्कृष्ट ठहरिएका गरि ३५ जना खेलाडीहरुले नबौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता जनाउने छन् ।

उनीहरु छिटै बन्द प्रशिक्षणमा रहने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology