खोटाङ, १९ भदौ । खोटाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १० पाथेकाका ३७ वर्षीय प्रकाश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
राई स्थानीय नाखम खोला हाइड्रोपावरमा विद्युतको जम्पर जोड्न पोलमा चड्दा शनिवार साँझ करेन्ट लागेर गम्भिर घाईते हुनुभएको प्रहरी निरिक्षक रोमनराज अर्यालले जानकारी दिनुभयो ।
उहाँलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।