Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भीरबाट खसेर एक युवकको मृत्यु


1.5K
Shares

भीरबाट खसेर एक युवकको मृत्यु

दाङ, १९ भदौ । दाङमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसीको मृत्यु भएको हो । सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन जानु भएको केसी शनिबार राति करिब नौ बजे भीरबाट करिब तीन सय मिटर तल खसेका उहाँलाई प्रहरीले उद्धार गरेर राप्ती प्रादेशिक अस्पतालमा लगेको थियो ।

अस्पताल पुर्याएलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो । मृतक केसी रा ५ ६ ७२३८ नम्बरको मोटरसाइकलको पछाडि सवार हुनु भएको थियो । मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology