बाजुरा १८ भदौ । बाजुराको पुर्विउत्तरी भेगमा गर्भवतीलाई सुत्केरी व्यथाले च्यापेपछि अस्पताल लैजादै गर्दा नानी रोकायाले बाटोमै बच्चा जन्माउनु भएको छ ।
हिमाली गाउँपालिका वडा नम्बर १ बामु गाउँकी रोकायाले चार घण्टा टाढा रहेको स्वास्थ्यचौकी अस्पताल लैजादै गर्दा बाटोमै बच्चा जन्माउनु भएको हो । बाजुरा जिल्लाको ग्रामीण भेगका गर्भवती महिलाहरूलाई गाउँमा स्वास्थ्य संस्था र यातायातको सहज सुविधा नहुँदा बाटोमै बच्चा जन्माउनु पर्ने बाध्यता छ । सोहि वडाको बामु आधारभुत स्वास्थ सेवा केन्द्रमा एक जना अहेवको दरबन्दी भएपनि स्वास्थ्यकर्मी छैनन् । उहाँले बाटोमा बच्चा जन्माउँदै गरेको खबर पाएपछि विच्छया स्वास्थ्य चौकीमा कार्यरत अनमीसहितको स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेको थियो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राज भण्डारीले नानी रोकायालाइ गाउँबाट विच्छया स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बिचबाटोमा सुत्केरी ब्यथा लागेको आफुलाइ जानकारी आएपछि लगत्तै विच्छया स्वास्थ्य संस्थामा कार्यरत अनमी लगायत अन्य सहयोगी कर्मचारी बोलाएर रोकायलाई सुरक्षित सुत्केरी गराएको जानकारी दिनुभयो ।