बारा, १७ भदौ । भाउजुसँग मिलेर आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा देवर र भाउजु पक्राउ परेका छन् ।
बारा महागढीमाई नगरपालिका–३ गंजभवानीपुरका २७ वर्षीय सैमोदिन अन्सारी र २५ वर्षीय अप्सना खातुनलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको हो । हिजो (बिहीवार) बेलुका ५ बजे आफ्नै घरमा २५ वर्षीय सहनाज खातुनको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीले अनुसन्धान गर्दा शरीरमा घाउँ देखिएको थियो ।
पोष्टमार्टम गर्दासमेत हत्या भएको देखिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होविन्द्र बोगटीले जनाकारी दिनुभयो । प्रहरीले उनीहरूलाई ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।