Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

आज २४ घण्टामा ७५ जनामा हैजा संक्रमण पुष्टि


1.4K
Shares

आज २४ घण्टामा ७५ जनामा हैजा संक्रमण पुष्टि

काठमाडौँ, १६ भदौ । आज २४ घण्टामा ७५ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

हैजा संक्रमण दर बढे पछि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका हैजा संक्रमण देखा परेको हो ।

संक्रमण देखा परेकाले तिन नगरपालिकाहरु रेड जोनमा परेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सात जनाभन्दा बढी भएका पालिकालाई रेड जोनमा राखेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौं महानगरमा ४०, कागेश्वरी मनोहरा नगरपालिकामा नौ र ललितपुर महानगरमा आठ जनामा हैजा पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका १३ पालिकासहित नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा गरी हैजा संक्रमितको संख्या ७५ पुगेको महाशाखाले जनाएको छ । हालसम्म १४ वर्षमुनिका ९ जना बालबालिकालाई हैजा संक्रमण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology