Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

आज सुनको मूल्य तोलामा एक हजारले घट्यो


1.3K
Shares

आज सुनको मूल्य तोलामा एक हजारले घट्यो

काठमाडौँ, १६ भदौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा एक हजारले रुपैयाँले घटेको जानकारी दिएको छ ।

आजको मूल्य तोक्दै महासंघले हिजोको तुलनामा भाउ घटेको जानकारी दिएको हो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ ।
मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ थियो ।

पछिल्लो समय सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ । विषेशगरी, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दाको प्रभाव नेपाली बजारमा समेत देखिएको महासंघमा आबद्ध व्यवसायीहरूले बताएका छन् । यसैगरी, आज चाँदीको मूल्य तोलामा ११ सय रुपैयाँ छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा ११ सय ३० रुपैयाँ रहेको थियो । आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology