Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

प्रचण्डले राष्ट्रपतिलाई भन्नुभयो: नागरिकतामा तपाईंको चासो र हाम्रो धारण समान छ


2K
Shares

प्रचण्डले राष्ट्रपतिलाई भन्नुभयो: नागरिकतामा तपाईंको चासो र हाम्रो धारण समान छ

काठमाडौँ, १५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको टोलीको बुधबार शीतल निवासमा भएको भेटमा प्रचण्डले राष्ट्रपति भण्डारीले नागरिकताको बारेमा व्यक्त गरेको चासो र माओवादीको आधार समान रहेको बताउनु भएको छ ।

दाहालको सचिवालयले उपलब्ध गराएको जानकारीअनुसार दाहालले राष्ट्रपति भण्डारीलाई नागरिकताको विषयमा राष्ट्रिय सहमति बन्न नसकेको कारण विधेयकमा नयाँ व्यवस्था नगरिएको उहाँले बताउनु भयो । अंगीकृत नागरिकताको बारेमा राष्ट्रपति ज्यूले राख्नुभएको चासो र हाम्रो धारण समान छ तर संसद्‌मा यो विषयमा राष्ट्रिय सहमति बन्न सकेन त्यसकारण यो विषयमा विधेयकमा कुनै नयाँ व्यवस्था गरिएको छैन ।

यसबारे हाम्रो धारणा संसद्‌मा रेकर्ड गराएका छौं । सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको छ, दाहालले राष्ट्रपति भण्डारीलाई भन्नुभयो तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरु राज्यविहीन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको हो ।यो विधेयक ओलीले पेस गरी राष्ट्रपति द्धारा प्रमाणीकरण गरिएको अध्यादेशको व्यवस्थाअनुसार रहेको छ ।

यसलाई अनावश्यक राजनीतिकरण गरिनु दुखद् छ । संसद्‌को दुवै सदनबाट बहुमतले पारित गरेर प्रमाणिकरणका लागि पठाइएको नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले गत साउनको अन्त्यतिर सुझावसहित संसद्‌मै फिर्ता पठाउनु भएको थियो ।त्यसपछि संसद्‌ले पूर्ववत् विधेयक नै हुबहु पारित गरेको थियो । आफ्नो सुझावलाई बेवास्ता गरेको भन्दै राष्ट्रपति भण्डारीले असन्तुष्ट रहँदै आउनु भएबो थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology