गोरखा १५ भदौं : नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा गोरखा जिल्लाबाट सहभागी हुन लागेका खेलाडीहरुलाई आज बिदाई गरिएको छ । जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले खेलाडीहरुलाई एक कार्यक्रमका बिच खेलाडीहरुलाई बिदाई गर्नुभएको हो । बिदाई कार्यक्रममा समन्वय प्रमुख थापामगरले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई बिजयको शुभकामना दिनुभएको छ ।
उहाँले सवै क्षेत्रमा अब्लब रहेको गोरखा जिल्लालाई खेल क्षेत्रको माध्यमबाट पनि अब्बल जिल्लाको रुपमा चिनाउने गरी प्रतियोगितामा प्रतिस्पर्धामा उत्रन खेलाडीहरुलाई आग्रह गर्नुभयो । प्रतियोगितामा गोरखा जिल्लाबाट बिभिन्नि १५ खेलमा खेलाडीहरु सहभागी हुनेछन् । जिल्ला खेलकुद बिकास समितिले प्रतियोगितामा सहभागी हुने यहीँ भदौं १० गतेसम्म छनोट सम्पन्न गरेको थियो ।

प्रतियोगिता अन्र्तगत गोरखा जिल्लाबाट क्रिकेट, भलिवल, कबडी र कराते, एथलेटिक्स, जुडो, व्याटमिन्टन, फुटवल लगायतका खेलमा खेलाडीहरु सहभागी हुने प्रमुख प्रशासकिय अधिकृत राईले जानकारी दिनुभयो । त्यस्तै फुल कन्ट्याक्ट, उसु, स्क्वास, टेवल टेनिस र बक्सिङ खेलमा पनि गोरखाबाट खेलाडीहरु सहभागी हुने उहाँको भनाई छ ।
हरेक दुई/दुई बर्षमा खेल गएको दुईबर्षदेखि भने कोरोना संक्रमणको कारण सञ्चालन हुन सकेको थिएनन । यो बर्ष यही आउदो असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाइएको छ ।