तनहुँ, १५ भदौ । तनहुँको डुम्रे–घाँसीकुवा सडकखण्डमा ट्रक पल्टिँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान ७:३० बजे डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ट्रक सडकको बीच भागमै पल्टिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । अहिले सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।
क्रेनको सहायताबाट ट्रकलाई हटाउन लागिएको उहाँले बताउनु भयो । उहाँका अनुसार अब केही समयमै सडक दुईतर्फी सञ्चालन हुन्छ ।