सुर्खेत, १५ भदौ। तीजको नाच हेर्ने क्रममा झडप हुँदा सुर्खेतमा एक युवकको मृत्यु भएको छ ।
वीरेन्द्रनगर नगरपालिका —१०, स्थित बामेखोलामा मंगलबार राति युवाहरूबीच झडप हुँदा सोही ठाउँका २१ वर्षीय रोशन जिसीको मृत्यु भएको हो ।
जिसीलाई केही युवाहरूले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।
डीएसपी कार्कीका अनुसार झडपका क्रममा घाइते भएका जिसीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनामा संलग्न युवाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।