Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

चट्याङ लागेर तिन जनाको मृत्यु


1.4K
Shares

चट्याङ लागेर तिन जनाको मृत्यु

रौटहट, १४ भदौ । रौतहटमा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको र एक महिला घाइते हुनु भएको छ ।

धान खेतमा बिहान काम गर्न गएको बेला चट्याङ लाग्दा उनीहरूको मृत्यु भएको हो । रौतहटको गरुडा नगरपालिका–३ स्थित स्थानीय सरोज सहनीको धान खेतमा काम गर्न जानु भएको १८ वर्षीया मनिषा कुमारी, ३९ वर्षीया सुदमिया देवी र उहाँको १७ वर्षीया छोरी जगिया कुमारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

चट्याङ लागेर घाइते हुनु भएको ४० वर्षीया सहेली देवी सहनीको उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology