गोरखा, १३ भदौ । नेपाल कम्युनिष्ट (माओबादी केन्द्र) गोरखाको संयोजक बिष्णु भट्ट चयन हुनुभएको छ । पार्टीको गण्डकी प्रदेश समितिको पाँचौ पूर्ण बैठकले भट्टलाई जिल्ला संयोजकमा चयन गरेको पार्टीका गण्डकी प्रदेश समितिका अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो । गण्डकी प्रदेश समितिको सदस्य समेत रहनु भएका भट्ट पार्टीको गोरखा जिल्ला समितिको उपाध्यक्षको जिम्मेवारी सम्हालीसक्नु भएको छ । अहिले बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष समेत हुनुहुन्छ ।
त्यस्तै गोरखा जिल्ला समन्वय समितिको सचिवमा दिपक तिमेल्सिना (साकार) नाम प्रस्ताव गरिएको पार्टीका बैकल्पिक केन्द्रीय सदस्य लेखबहादुर थापाले जानकारी दिनुभयो । उक्त प्रस्तावलाई जिल्ला समन्वय समितिको बैठकबाट अनुमोदन गरिने उहाँले बताउनुभयो । त्यस्तै बैठकले गोरखा क्षेत्र नम्बर १ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्जमा अमर तुम र प्रदेशसभा अन्र्तगत १(क) को इन्चार्जमा लेखबहादुर थापा, १ (ख) को इन्चार्जमा सुशिला सिंखडालाई चयन गरिएको छ ।
त्यस्तै प्रतिनिधीसभा क्षेत्र नम्बर २ को इन्चार्जमा परशुराम रम्तेल, प्रदेशसभा २ (क) को इन्चार्जमा कमला नहर्की, सहइन्चार्जमा पम्फा बसेल र २ (ख) को इन्चार्जमा दिपक देवकोटा र सहइन्चार्जमा भगवती तिवारीलाई चयन गरिएको केन्द्रीय सदस्य थापाले जानकारी दिनुभयो । बैठकले गोरखा नगरपालिकाको इञ्चार्जमा धना तमु, पालुङ्टार नगरपालिकाको इञ्चार्जमा विवश चिन्तन, गण्डकी गाउँपालिकाको इञ्चार्जमा दिपक तिमिल्सिना, सहिद लखन गाउँपालिकाको इञ्चार्जमा कृष्ण बहादुर चेपाङ, भिमसेन थापा गाउँपालिकाको इञ्चार्जमा लोक प्रसाद बन्जरालाई चयन गरेको छ ।
त्यस्तै , सिरानचोक गाउँपालिकाको इन्चार्जमा पूर्णकुमारी कँडेल, आरुघाट गाउँपालिकाको इन्चार्जमा श्याम कुमार श्रेष्ठलाई चयन गरिएको पार्टीको जिल्ला संयोजक विष्णु भट्टले जानकारी दिनुभयो । धार्चे गाउँपालिकाको इन्चार्जमा छम बहादुर गुरुङ, चुमनुब्री गाउँपालिकाको इन्चार्जमा निमा लामा, बारपाक सुलिकोटको इन्चार्जमा धामी बराम, अजिरकोट गाउँपालिकाको इन्चार्जमा अनिता भुजेललाई चयन गरिएको उहाँको भनाई छ ।