Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

माओबादी केन्द्र भीमसेन थापा ३ र ४ ले भदौ भित्र सेल र टोलको बैठक सम्पन्न गर्ने निर्णय


2.5K
Shares

माओबादी केन्द्र भीमसेन थापा ३ र ४ ले भदौ भित्र सेल र टोलको बैठक सम्पन्न गर्ने निर्णय

गोरखा ११ भदौं । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) भीमसेन थापा गाउँपालिका ३ तान्द्राङ र ४ धावाको वडा पार्टी समितिको बैठक शनिबार सम्पन्न भएको छ । गाउँपार्टी समितिका अध्यक्ष सुजन पाण्डे (बिनोद) को प्रमुख आतिथ्यता बसेको दुवै वडाको बैठकले वडापार्टी समिति, सेल समिति तथा टोल समितिलाई क्रियाशिल बनाउने र भदौ मसान्तसम्ममा बैठक तथा प्रशिक्षण सम्पन्न गर्ने निर्णय गरेको छ ।

त्यस्तै पार्टी केन्द्रीय कार्यालयले भवन निर्माणका लागि आवहा्न गरेको बिशेष आर्थिक सहयोग संकलनका लागि वडास्तरबाट नै पार्टी सदस्यसम्म पुगेर संकलनको थालनी गर्ने निर्णय दुवै वडाको बैठकले गरेको उहाँले बताउनुभयो ।

नेकपा माओबादी केन्द्र भीमसेन थापा गाउँपालिका वडा नम्बर ४ को बैठक

पार्टीको वडा नम्बर ३ बैठकले वडापार्टी अध्यक्षको क्रियाशिलता कम रहेको भन्दै तत्कालका लागी उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने तथा वडापार्टी समितिको सचिव देश बाहिर रहेकाले सहसचिवलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यस्तै धावाको वडापार्टी बैठकले पनि वडापार्टी भित्रदेखिएका समस्याहललाई हल गरेर पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने सहमति भएको छ । धावामा भएको बैठक गाउँपार्टी समितिका सचिव मदन शाक्य लगायतको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology