Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

अनेरास्ववियु क्रान्तिकारीद्धारा गोरखामा ३ महिने संगठन सदृढीकरण अभियान सुरु


1.8K
Shares

अनेरास्ववियु क्रान्तिकारीद्धारा गोरखामा ३ महिने संगठन सदृढीकरण अभियान सुरु

गोरखा, ११ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले गोरखामा ३ महिने संगठन सदृढीकरण एवम शैक्षिक जागरण अभियान सुरु गरेको छ ।

माओवादी केन्द्रकी केन्द्रीय सदस्य कमला नहर्कीको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रम गरी पार्टी कार्यलय पाटेचौरमा अभियानको उद्घाटन गरिएको हो ।

May be an image of 5 people and people standing

अभियान अवधि भरी संगठनले निरन्तर बैठक तथा भेला गर्ने, जनचेतना मुलक कामहरु गर्ने योजना रहेको अनेरास्ववियु क्रान्तिकारी गोरखाका सचिव सुलभ अंगाईले जानकारी दिनुभयो ।

यस्तै अभियानकै क्रममा असोज ३ गते संविधान दिवसको अवसरमा नगरपालिका स्तरीय अन्तर विद्यालय बक्तृत्व कला प्रतियोगिता समेत आयोजना गर्ने तयारी रहेको उहाँले बताउनु भयो ।

सचिव अंगाईका अनुसार ‘एक शिक्षण संस्था एक इकाई निमार्ण, एक रचनात्मक संघर्षको कार्यक्रम ’ भन्ने मुल नारासहित अभियान सुरु गरिएको जनाएको छ ।

May be an image of 6 people

 

यसै अवधिमा एक विद्यालयमा एक इकाई निर्माण गर्ने समेत उहाँले बताउनुभयो । प्रमुख अतिथि नहर्कीले संगठन निमार्ण अब नयाँ ढङ्गले जानु पर्नेमा जोड दिनुभयो ।

साथै संगठन परिस्थिति सुहाँउदो विद्यार्थीको माँझमा जानु पर्नेमा उहाँले बताउनुभयो । कार्यक्रम पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

May be an image of 6 people

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology