Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखामा केन्द्रीय कार्यालय रहेको साधना लधुबित्तले दियो ३२ जनालाई सहुलियत व्याजदरमा ऋण


1.7K
Shares

गोरखामा केन्द्रीय कार्यालय रहेको साधना लधुबित्तले दियो ३२ जनालाई सहुलियत व्याजदरमा ऋण

गोरखा, ११ भदौ । गोरखामा केन्द्रीय कार्यालय रहेको साधना लधुबित्त संस्थाले ३२ जनालाई युवा स्वरोजगार कार्यक्रम अन्र्तगत सहुलियत व्याजदरमा ऋण उपलब्ध गराएको छ ।

उत्पादनमुलक क्षेत्र मार्फत स्वरोजगारको अबसर सृजना गर्नका लागि कार्यक्रम अन्र्तगत ऋण उपलब्ध गराएको संस्थाले शुक्रबार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । उनिहरुलाई प्रति व्यक्ति ८ प्रतिसत व्याजदरमा २ लाख रुपैया ऋण उपलब्ध गराइएको भएपनि समयमा साँवा व्याज भुक्तानी गर्ने ऋणिहरुले ६० प्रतिसत व्याज शुल्क फिर्ता प्राप्त गर्नसक्ने छन् ।

बि.स २०७४ सालमा सस्था स्थापना भएको साधना लधुबित्तले अहिलेसम्म गोरखा सहितका ३१ जिल्लाका ९३ वटा शाखा कार्यालय स्थापना गरी बचत, कर्जा, बिमा, ततालिम तथा विप्रेषण लगायतका बित्तियसेवाहरु प्रदान गदै आएको संस्थाकी शारदा ढकालले जानकारी दिनुभयो । कुल चुक्तापुँजी ३२ करोड १२ लाख २५ लाख रुपैया रहेको संस्थाको हालको अधिकृत पुँजी ५० करोड पुगेको छ ।

स्थापना भएदेखि अहिलेसम्म करिब १ लाख १ हजार सदस्य मार्फत १ अर्ब ३२ करोड बचत संकलन गरी ५९ हजार ऋणिहरुलाई ५ अर्ब ५० करोड लगानी गरी सकेको जनाएको छ । गोरखा जिल्ला भित्रका मात्र ८८ जनाले संस्थामा रोजगारी प्राप्त गरेका छन् भने केन्द्रीय कार्यालय रहेको गोरखामा यसका १५ हजार सदस्य रहेका छन् । संस्थाले ७ लाख रुपैयाँसम्म बिनाधितो र १५ लाख रुपैयाँ धितो राखेर कर्जा उपलब्ध गराउदै आएको छ ।

संस्थाले उत्पादन मुलक क्षेत्रमा मात्र लगानी गर्ने गरेको जनाएको छ । त्यस बाहेक सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगतबिभिन्न सामाजिक संघसंस्थाहरुलाई युरो गार्ड फिल्टर, कुर्सी, बितरण गर्नुका साथै स्वास्थ्य सामाग्री समेत गरेको उहाँले बताउनुभयो ।

संस्थाले आर्थिक बर्ष २०७८/०७९ मा ११७ जना ग्राहक सदस्यको मृत्युमा करिब १ करोड ९ लाख रुपैया कर्जा मिनाह गरेको जनाएको छ भने ३४ जना सदस्यलाई उपचार खर्च बापत १ लाख ७० हजार रुपैया समेत प्रदान गरेको पत्रकार सम्मेलनमा जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology