गोरखा, ११ भदौ । अखिल नेपाल महिला (अनेम)संघ क्रान्तिकारी गोरखाले तिज पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । संघले गोरखा सदरमुकाम स्थित पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गरेको हो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका केन्द्रीय सदस्य सुशिला सिंखडाले तिज पर्व नेपाली समुदायमा महिला माथि हुने गरेको बिभेद र बिसंगतीका सवाललाई गीतको माध्यम मार्फत दुःख पोख्ने पर्व भएपनि पछिल्लो समय यो बिृकत बन्दै गएको बताउनुभयो । उहाँले तिज पर्वले परम्परा संस्कृति र मौलिकता जोगाउने भन्दापनि बिस्तारै भड्किलो बन्दै गएको भन्दै त्यसलाई रोक्नु पर्नेमा जोड दिनुभयो ।
केन्द्रीय सदस्य सिंखडाले तिज पर्वलाई एउटा परिवर्तन गर्ने अबसरको रुपमा समेत लिनुपर्ने भन्दै समाजमा रहेका सवै खालका बिभेदलाई उजागर गर्नका लागी पर्व सार्थक बन्नुपर्नेमा बताउनुभयो । सोही कार्यक्रममा बोल्दै माओबादी केन्द्रकी केन्द्रीय सदस्य कमला नहर्कीले तिज पर्वमा मौलिकता झल्किनु पर्ने उल्लेख गर्नुभयो ।

उहाँले बिदेशी संस्कार र संस्कृतिलाई पछ्याउदै क्रम बढ्दै नेपाली महिलाहरुको महानपर्वको रुपमा रहेको तिजपर्वले महिलाहरुको समस्यलाई उठाउने क्रम बिर्सदै गएको भन्दै यसले बिकृति भित्रन सक्ने खतरा रहेको औल्याउनु भयो । शुभकामना आदान प्रदान कार्यक्रम संघमा आबद्ध महिला लगायतको सहभागिता रहेको थियो ।