काठमाडौं १० भदौ । कपिलवस्तुको मायादेवी गाउँपालिका—५ मा एक जनाको गोली हानी हत्या भएको छ।
शुक्रबार दिउँसो अज्ञात समूहले मायादेवी— ६ का ५५ वर्षीय घुरहु भनिने रामअनुज पासीमाथी गोली प्रहार गरेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले शुक्रबार दिउँसो अज्ञात समूहको गोली प्रहारबाट पासी गम्भीर घाइते भएको र उहाँलाई जिल्ला अस्पताल तौलिहवा लगिएको जानकारी दिनुभयो। घाइते पासीलाई अस्पताल पुर्याएपछि डाक्टरले मृत घोषणा गरेको थियो ।
मिश्रले गोली प्रहारपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको र गोली प्रहारमा संलग्नको खोजी भइरहेको बताउनुभयो।