Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

विशाल भुभागको आधा भाग खडेरीको चपेटामा


1.7K
Shares

विशाल भुभागको आधा भाग खडेरीको चपेटामा

बेइजिङ, ९ भदौ । चीनको विशाल भूभागको आधा भूभाग खडेरीको चपेटामा परेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र बोकेको देशमा अचानक बाढी र खडेरीले प्रभाव पारेको छ ।

जलवायु परिवर्तनका कारण खडेरी झन् तीव्र हुँदै गएको वैज्ञानिकहरूले बताएका छन् । ६० वर्षपछि सबैभन्दा लामो लगातार उच्च तापमान अवधि रेकर्ड भएको कृषि मन्त्रालयले यसै हप्ता जनाएको छ । दक्षिणी चीनले ६० वर्षभन्दा बढी पहिलेदेखि तापमान रेकर्ड गर्दै आएको छ ।

गर्मीको लहरको तीव्रता, दायरा र अवधिले यसलाई विश्वव्यापी इतिहासमा सबैभन्दा खराब रेकर्ड बनाउन सक्ने विज्ञहरूले बताएका छन् । तिब्बती पठारसहित दक्षिणी चीनको चरमदेखि असाधारण खडेरी अवस्थाको अनुभव गरिरहेको राष्ट्रिय जलवायु केन्द्रको चार्टले बुधवार देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology