कास्की, ९ भदौ । कास्कीमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
कास्कीको रुपा गाउँपालिका–५ मझ्याङकोट घर भएकी ३६ वर्षीया गौरी बस्यौला र २५ वर्षीय प्रेम प्रसाद दाहल बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
हाल पोखरा महानगरपालिका–३० खुदी बस्ने बस्यौला रुपा गाउँपालिका–५ मझ्याङकोटस्थित खाली घरमा मृत अवस्थामा फेला पर्नु भएको हो । साउन २६ गतेदेखि हराएको उहाँको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यसै गरी कास्कीको पोखरा महानगरपालिका–१४ खाल्टे मसिनास्थित श्रृष्टि कृषी फर्ममा काम गर्ने दाहाल सोही फर्म नजिकै झाडीमा बुधबार मृत अवस्थामा फेला पर्नुभएको थियो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।