Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

चोरी भएको पुरानो देवी दुर्गाको मुर्ति नेपाल ल्याउने


2K
Shares

चोरी भएको पुरानो देवी दुर्गाको मुर्ति नेपाल ल्याउने

काठमाडौँ, ९ भदौ । नेपालबाट सन् १९६० चोरी भएर अमेरीका पुगेको पुरानो देवी दुर्गाको मुर्ति नेपाल ल्याउने भएको छ ।

न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावास र न्यूयोर्कस्थित म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले संयुक्त रुपमा चोरी भएको देवी दुर्गाको मुर्र्ति नेपाल ल्याउने घोषणा गरेको हो ।

म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयमा आयोजित एक समारोहमा कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले म्यानहट्टन जिल्ला न्यायधिवक्ता एल्भिन एल ब्राग जुनियरबाट नेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्विक वस्तु ग्रहण गर्नुभएको थियो । एल ब्राग जुनियरले पुरानो नेपाली देवी दुर्गाको मूर्ति गौतमलाई हस्तान्तरण गर्नुभएको थियो ।

उक्त मूर्ति लगभग १४ औं शताब्दीदेखि १८ औं शताब्दीको बीचमा काठमाडौंमा बनेको अनुमान गरिएको छ । उक्त मूर्तिलाई गत मार्चमा एउटा लिलामी घरले लिलामीमा राखेको थियो । लिलामीमा मूर्तिको मूल्य १२ हजारदेखि १८ हजार अमेरिकी डलर राखिएको थियो । उक्त कुरा थाहा पाएपछि नेपाली महावाणिज्य दूतावासले मूर्ति नेपाल फर्काउने प्रक्रिया सुरु गरेको थियो ।

सन् २०२१ मा न्यूयोर्कबाट चोरी भएका तीनवटा नेपाली पुरातात्विक वस्तु नेपाल फर्काइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology