Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

कुटपिट आरोपमा दुई बुहारी पक्राउ


1.5K
Shares

कुटपिट आरोपमा दुई बुहारी पक्राउ

रासस, ९ भदौ । अछाममा सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ।

पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

कुटपिट गर्ने बुहारीको नाम प्रहरीले सार्वजनिक गरेको छैन। सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको श्रव्यदृश्य (भिडियो) सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न न्यौपानेका दुई बुहारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए।

सार्वजनिक भएको भिडियोमा उनीहरुले न्यौपानेलाई यातना दिँदै लछारपछार गरेको देखिन्छ।

स्थानीयका अनुसार मानसिक सन्तुलन गुमाएकी न्यौपाने बोल्न सक्दिनन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology