Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखाका एक युवक ठगी आरोपमा पक्राउ


2K
Shares

गोरखाका एक युवक ठगी आरोपमा पक्राउ

गोरखा, ८ भदौ । गोरखाका एक जना युवक ठगी आरोपमा काठमाडौंबाट पक्राउ परेका छन् । प्रहरीले जिल्लाको भीमसेन थापा गाउँपालिका बोर्लाङ घरभएका ३७ वर्षिय महेश भट्टलाई पक्राउ गरेको जनाएको छ ।

भट्टसंगै प्रहरीले नुवाकोट सुर्यगढी गाउँपालिका घर भएका ५६ वर्षिय अरुण गुरुङलाइ पनि पक्राउ गरेको जनाएको छ ।

काठमाडौंको कीर्तिपुरमा परेको ज्यान सम्वन्धी मुद्वा मिलाइदिने भन्दै भट्ट र गुरुङले सुरेश मर्हजन नाम गरेका ब्यत्ति संग १ लाख रुपैयाँ लिएको उजुरीको आधारमा जिल्ला प्रहरी परिषर काठमाण्डौंले पक्राउ गरेको हो ।

प्रहरी उपरिक्षक दिनेशराज मैनालीका अनुसार दुवै जनाले सवारी ज्यान मुद्वा मिलाई दिने बहानामा ३ लाख रुपैयाँ लिनेदिने सहमती भए बमोजिम १ लाख रुपैयाँ लिएको अनुसन्धान बाट खुल्न आएको छ ।

पक्राउ परेका दुवैलाई ठगी शिर्षकमा मुद्वा दर्ता गरी आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology