Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

जेल भुक्तान सुरु गरेको सात दिन नपुग्दै एक कैदीको मृत्यु


1.6K
Shares

जेल भुक्तान सुरु गरेको सात दिन नपुग्दै एक कैदीको मृत्यु

अछाम, ८ भदौ । बलात्कारको अभियोगमा जेल भुक्तान सुरु गरेको ७ दिन नपुग्दै एक कैदीको मृत्यु भएको छ ।

जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका मंगलसेन नगरपालिका– ५ का बेदराज भाटको मृत्यु भएको हो । शरीर चिथोर्ने, चिच्याउने, कराउने गर्न थाले पछि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएका भाटको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्ट जानकारी दिनुभयो ।

जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाटलाई १० वर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला गरेको थियो । जसअनुसार २ भदौंमा उनी जेल चलान भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology