Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

दुई समुह बिच ग्याङ फाइट हुँदा १० जना घाइते


1.6K
Shares

दुई समुह बिच ग्याङ फाइट हुँदा १० जना घाइते

विराटनगर, ८ भदौ । विराटनगरमा दुई समुह बिच ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् ।

विराटनगर महानगरपालिका–१२ मल्हन्वा टोलमा मङ्गलबार साँझ गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप हुँदा १० जना घाइते भएका हुन् ।

ग्याङ फाइट हुँदा गम्भीर घाइते बनेका राजकुमार कामतको न्युरो अस्पतालमा र अन्यको कोसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । पुरानो रिसिइबीका कारण दोहोरो झडप भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न गएको प्रहरीले जनाएको छ ।

ग्याङ फाइट हुँदा राजवंशीको समूहका अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी र कामततर्फका राजकुमारसहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology