Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पेट्रोलियम पर्दाथको मूल्य समायोजन गर्न नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघको ध्यानकर्षण


1.9K
Shares

पेट्रोलियम पर्दाथको मूल्य समायोजन गर्न नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघको ध्यानकर्षण

गोरखा, ७ भदौ । नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पर्दाथको मूल्य घट्दा पनि नेपालमा मूल्य समायोजन नभएको भन्दै कडा आपत्ती जनाएको छ । महासंघले मंगलबार एक प्रेस बिज्ञप्ति जारी गदै अन्तरष्ट्रिय बजार लगायत छिमेकी भारतमा समेत ३/३ पटकसम्म मूल्य घट्दा समेतपनि नेपाल आयल निगमले मूल्य समायोजन नगरेको भन्दै बिरोध जनाएको हो ।

महासंघका महासचिव डेकनाथ गौतमद्धारा हस्ताक्षरित बिज्ञप्तिमा पटक-पटकको पेट्रोलिय पर्दाथको मूल्य बृद्धि र कोरोना कहरको चपेटामा परेका यातायात व्यवासायीहरु महंगोमा पेट्रोल खरिद गरी संस्तोमा सेवा सञ्चालन गर्न बाध्य रहेको अबस्थामा पनि मूल्य घट्दा समेत नेपाल सरकारले मूल्य समायोजन नगर्नु आपत्तीजनक बिषय भएको उल्लेख गरिएको छ ।

पेट्रोलियम पर्दाथको स्वचालित समायोजन हुनु पर्नेमा सरकारले मूल्य समायोजन पनि नगरेको मूल्य घटाउन महासंघले बिज्ञप्ति मार्फत सरकारको ध्यानकर्षण गराएको हो । भारतीय बजारमा पटक पटक गरि पेट्रोलमा प्रतिलिटर ३४ रुपैया र डिजेलमा ३३ रुपैया मूल्य घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology