Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गाईसँग मोटरसाइकल ठोक्किदा चालकको मृत्यु


1.6K
Shares

गाईसँग मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

कैलाली, ७ भदौ । कैलालीमा छाडा छोडेको गाईसँग मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते हुनु भएको बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

धनगढी–१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०१०११ प ३८१६ नम्मरको मोटरसाइकलले छाडा छोडेको गाईलाई ठक्कर दिदा दुर्घटना भएको डीएसपी जोशीले बताउनु भयो । ठक्करबाट घाइते हुनुभएका मोटरसाइकलमा सवार शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology