Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ड्राइभ माई कार’ वर्षकै सर्वोत्कृष फिल्म घोषित, जित्यो क्रिटिक्स अवार्ड


2.9K
Shares

ड्राइभ माई कार’ वर्षकै सर्वोत्कृष फिल्म घोषित, जित्यो क्रिटिक्स अवार्ड

काठमाडौं, ६ भदौ । रियुसुके हामागुची निर्देशित जापानी ड्रामा ‘ड्राइभ माई कार’ सन् २०२२ को सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । यो फिल्मले इन्टरनेसनल फेडेरेसन अफ फिल्म क्रिटिक्सबाट फिप्रेक्सी ग्रान्ड प्रिक्स अवार्ड समेत जितेको छ ।

गत वर्षको कान्समा प्रिमियर भएको फिल्मले उत्कृष्ट पटकथासँगै फिप्रेस्की पुरस्कार पनि जितेको थियो । यस वर्षको ओस्कार अवार्डमा अन्तर्राष्ट्रिय फिचर विधामा उत्कृष्ट भएसँगै यसले वर्षको प्रभावशाली थालनी गरेको थियो । फिप्रेक्सी सम्मान प्राप्त गर्ने दौडमा ‘ड्राइभ माई कार’ले फाइनलिस्ट फिल्महरु थोमस एन्डर्सनको ‘लिकोराइस पिज्जा’, जेनी क्याम्पियनको ‘द पावर अफ दी डग’, रुबेन अस्टलन्डको पाम दे ओर विजेता ‘ट्रयांगल अफ स्याडनेस’ र ज्याकिम ट्रायरको ‘द वर्स्ट पर्सन इन द वर्ल्ड’लाई उछिनेको थियो ।

फिप्रेक्सी ग्रान्ड पिक्स ७० औं सान सेबास्टियन इन्टरनेसनल फिल्म फेस्टिभलको अवसरमा आगामी सेप्टेम्बर १६ मा प्रदान गरिने भएको छ । उक्त समारोहमा ड्राइभ माई कारको विशेष प्रदर्शन समेत हुने भएको छ । सन् १९९९ देखि नै इन्टरनेसनल फेडरेसन अफ फिल्म क्रिटिक्सले वार्षिक ग्रान्ड प्रिक्स प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology