Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

आज थप ६५८ जनामा कोरोना संक्रमण पुष्टी, १ को मृत्यु


1.8K
Shares

आज थप ६५८ जनामा कोरोना संक्रमण पुष्टी, १ को मृत्यु

काठमाडौँ, ६ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारको तुलनामा सोमबार संक्रमण संख्या बढेको हो ।

पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८१ पीसीआर र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ४०५ र एन्टिजेन परीक्षणबाट २५३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ९३ पुगेको छ । त्यस्तै अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ९६ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३८ हजार १५ मात्रा कोरोना खोप लगाइएको छ ।

अहिलेसम्म नेपालमा ५ करोड ७ लाख १६ हजार ५ सय ३१ मात्रा खोप लगाइएको छ । त्यसमध्ये २ करोड १९ लाख २१ हजार ७ सय ४८ जनाले एक मात्रा, २ करोड १२ लाख ५२ हजार १ सय ४१ जनाले पूर्ण मात्रा र ७५ लाख ४२ हजार ६ सय ६ जनाले अतिरिक्त मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology