Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

पेस्तोलसहित दुई युवक पक्राउ


1.5K
Shares

पेस्तोलसहित दुई युवक पक्राउ

काठमाडौं, ६ भदौ । मोरङमा सशस्त्र प्रहरीले पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको सुनवर्षी नगरपालिका ८ खरेवारी सीमा इलाकाबाट आइतबार खटिएको सशस्त्र प्रहरीको टोलीले दुईवटा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २८ वर्षिय आरिफ आलम र उर्लाबारी नगरपालिका ६ बस्ने २९ वर्षीय नवीन धिमाल रहेका छन् । को २७ प ४०६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एउटा अटोमेटिक चाइनिज पेस्तोल, सोको एउटा म्यागाजिन तथा एक राउण्ड गोली र एउटा सिक्सर पेस्तोलसहित पक्राउ गरेको हो ।

आलमले उक्त पेस्तोल सोही जिल्लाको उर्लाबारी नगरपालिका ६ बस्ने २९ वर्षिय नविन धिमालले मगाएको भनि दिएको मौखिक बयान दिएका थिए । सोही बयानका आधारमा धिमाललाई पनि जिल्लाको रतुवामाई नगरपालिका ८ दाम्राभिट्टाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धिमालले प्रयोग गरेको को २२ प ६७०७ नम्बरको मोटरसाइकल तथा ४७ हजार ७ सय ७० नेपाली रुपैयाँ र दुई थान मोबाइल सेट समेत बरामद भएको प्रहरीको भनाई छ । पक्राउ परेका दुवै जनालाई बरामद पेस्तोल, म्यागाजिन, गोली, मोटरसाइकल, रुपैयाँ र मोबाइलसहित नेपाल प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology