रुपन्देही, ५ भदौ । रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
गुल्मी धुर्कोट गाउँपालिका–५ घर भएका २२ वर्षीय प्रदिप भट्टराईको शनिबार करेन्ट लागेर मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मणिग्रामस्थित एक घरमा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर भट्टराई अशक्त हुनुभएको थियो ।
घाइते हुनुभएको उहाँको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।