Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखासहित विभिन्न स्थानमा ६ जना मृत फेला


2.1K
Shares

गोरखासहित विभिन्न स्थानमा ६ जना मृत फेला

गोरखा, ५ भदौ । गोरखासहित विभिन्न स्थानमा ६ जना मृत फेला परेका छन् । दाङ, सर्लाही, गोरखा, बागलुङ, सप्तरी र सुर्खेतमा गरि ६ जना मृत अवस्थामा फेला परेका हुन् ।

दाङको तलसीपुर उपमहानगरपालिका–४ खाद्रे बस्ने ४५ वर्षीय प्रेम बहादुर बुढा सोही ठाउँस्थित खहरे खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाहीको बागमती नगरपालिका–१० नयाँबस्ती बस्ने १८ वर्षीय सुरज परियार सोही ठाउँस्थित बागमती सिँचाइको नहरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

गोरखाको धार्चे गाउँपालिका–४ खोर्ला घर भई आरूघाट गाउँपालिका–९ आरूघाट बजार बस्ने ५८ वर्षीया पित माया गुरूङ आफ्नै भान्सा कोठामा शनिबार मृत अवस्थामा फेला पर्नु भएको छ।

यस्तै बागलुङको बागलुङ जैमिनी नगरपालिका–१ कोप्चेस्थित सडकको नालीमा हाल पहिचान नखुलेका करिब ३६ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपा तथा राजविराज नगरपालिका–१४ पर्साही बीच रहेको कोशी नहरको गेटमा हाल पहिचान नखुलेका करिब ६० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सुर्खेतको लेकबेशी नगरपालिका–४ जंबुघारी जंगल नजिक भेरी नदीको किनारमा हाल पहिचान नखुलेका करिब ३५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology